
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको देउताभिर गुफा पर्यटकीय सम्भावना बोकेको भए पनि हालसम्म संरक्षण हुन सकेको छैन ।
अप्ठ्यारो ठाउँमा रहेको गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिले भने यहाँ पुग्नेहरुलाई आकर्षित गर्ने गरेको छ ।
गुफा प्रवेश गर्दा गुफाको वाहिरपट्टी रहेका दुईवटा प्राकृतिक ढुङ्गे मुर्तिलाई पूजा गरी प्रवेश गर्नुपर्ने स्थानीय बताउँछन् ।
गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरहरुका आकृति, ३१ वटा दियोका मूर्तिहरु, विभिन्न कलाकृतिहरु रहेका छन् ।
गुफाको संरक्षण नहुँदा स्थानीय बाहेक अन्य सर्वसाधारणले गुफाको अवलोकन गर्न सकेका छैनन् ।
गुफाको लम्बाई कति छ भन्ने समेत अहिलेसम्म खुल्न सकेको छैन । सयौं वर्षदेखि गुफा अलपत्र रहेको छ ।
गुफामा प्रत्येक वर्षको बुद्ध पूर्णिमाका दिन विशेष पूजा हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्