११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कानुन समयमा संशोधन गर्न जोड


0
Shares

काठमाडौं, साउन २० । आयात निर्यातसम्बन्धी ऐन, कानुन समयमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा समय–समयमा समस्या आइरहेको भन्दै यसमा गम्भीर हुन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल र साउथ एसिया वाच अन ट्रेड इकनमिक्स एन्ड इनभायरमेन्ट (सावती)ले सोमबार काठमाडौंमा कृषि, व्यापार र मानव, पशु तथा वनस्पति स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय कानुनका सन्दर्भमा गरेको कार्यक्रममा सरोकारवालाहरुले समयमा ऐन, नियम ल्याउन जोड दिएका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विश्व व्यापार संगठनमा आवद्ध नेपालले निकासी पैठारी नियन्त्रण ऐन र खाद्य ऐन सन् २००५ मा नै ल्याइसक्नुपर्नेमा अझैपनि ऐन संशोधन गर्न नसक्दा यस क्षेत्रमा समस्या बल्भिरहने गरेको बताए ।

बानिँयाले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला छैन भनेर पन्छनु उपभोक्तामाथि सोझै घात भएको उल्लेख गरे ।

उनले सरकारको मातहतमा रहेको विषदी परीक्षण केन्द्रलाई नै विषादी परीक्षण गर्ने  अधिकार नहुनु  जायज नभएको भन्दै यसका लागि आवश्यक कानुन र संरचना तयार गर्न जोड दिए ।

कार्यक्रममा प्लान्ट क्वारेन्टायन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माले विषादी परीक्षणको विषयमा भारतबाट नेपालले अहिलेसम्म दुईओटा पत्र प्राप्त गरेको जानकारी गराउँदै पत्र सकारात्मक नै रहेको दाबी गरे ।