Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


निजगढमा सनराइज बैंकको शाखा सन्चालनमा


0
Shares

काठमाडौं, साउन २० । सनराइज बैंकले बाराको निजगढमा शाखा विस्तार गरेको छ ।

बैंकको ११५औं शाखाको सोमबार निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

यसका अलावा बैंकले ३८ ओटा शाखारहित बैंकिङ सेवा, पाँचओटा एक्सटेन्सन काउन्टर र १३३ ओटा एटीएममार्फत् आफ्ना पाँच लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।