
काठमाडौं, साउन २० । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से साढे ४ अंकले ओरालो लागेर १२ सय ५५ मा आएर थामियो ।
निर्जीवन बिमा र सामूहिक लगानी कोष समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
लघुवित्त, जीवनबिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लागे । अरु सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका १५ लाख कित्ता सेयर जम्मा साढे ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्