
कैलाली, साउन २० । कैलालीको धनगढी उपमहानगरपालिका–४, शिवपुरीधाममा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।
गरिब र निमुखा व्यक्तिहरुलाई सहयोग गर्नका लागि कपडा बैंक स्थापना गरिएको हो ।
धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको कपडा बैंकको सोमबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।
कपडा बैंकमा एक साताअघिदेखि नै कपडा संकलनको कार्य सुरु भएपनि सोमबार उद्घाटनपछि वितरण पनि सुरु गरिएको छ ।
कपडा बैंकमा इच्छुक व्यक्तिहरुले प्रयोग गर्न मिल्ने नयाँ र पुराना कपडाहरु प्रदान गर्न सक्नेछन् ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कपडा बैंकले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई सहयोग पुग्ने बताए ।
सो बैंकमा प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ता–चप्पल, भाडालगायतका सामान संकलन र वितरण गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्