Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गोसाइँकुण्डमा मेला सुरु


0
Shares

रसुवा, साउन २० । जनै पूर्णिमाको अवसरमा रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजबाट मेला सुरु भएको छ ।

नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाका दिनसम्म लाग्ने १० दिने मेला आजबाट सुरु भएको हो । मेलामा तीर्थयात्रुको आवागमन बढ्न थालेसँगै गोसाइँकुण्ड क्षेत्र विकास समिति तथा स्थानीय प्रशासनले पहिलो चरणअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय संघ संस्थाबाट सदरमुकाम धुन्चेदेखि देउरालीसम्म पैदल मार्गको सरसफाई गरेको छ ।

गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुहरुको यात्रा सहज बनाउन सरसफाई उपसमिति, वातावरण संरक्षण उपसमिति, प्रचारप्रसार उपसमिति, स्वास्थ्य उपसमितिलगायत १० वटा उपसमिति बनाई तयारीलाई तिब्र बनाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनै पूर्णिमामा मेला लाग्ने गर्दछ ।