
काठमाडौं, साउन १९ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले ओरालो लागेर १२५९ कायम भएर थामियो ।
वित्त र लघुवित्त समूह नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह ओरालो लागे । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २४ अंकको गिरावट आयो । जीवन बीमा समूह पनि २३ अंकले ओरालो लाग्यो ।
उत्पादनमूलक र जलविद्युत समूह पनि दोहोरो अंकले झरे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको १४ लाख ६७ हजार कित्ता बराबर शेयर जम्मा साढे ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्