Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पूर्वाधार सम्मेलनको तयारी द्रुत गतिमा


0
Shares

काठमाडौं, साउन १९ । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको जनाएको छ ।

परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’को मूलभाव सहित आयोजना गर्न लागेको हो । यो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।

लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको परिसंघले जनाएको छ ।