कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए नीतिमै समेटिन्छ : मन्त्री भुसाल « Image Khabar


कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए नीतिमै समेटिन्छ : मन्त्री भुसाल


इमेजखबर
१८ मंसिर २०७७, बिहीबार १५:०१

चितवन, मंसिर १८ । कृषिमन्त्री मन्त्री घनश्याम भुसालले कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने बताउनुभएको छ ।

अर्ग्यानिक कृषकहरुले कृषि सैनिक नीतिबारे बिहीबार पेस गरेको ज्ञापनपत्र बुझ्दै उहाँले अध्ययनसहितको कृषि सैनिक अवधारणा आए कृषि नीतिमै समेटिने बताउनुभएको हो ।

कृषिमन्त्री भुसालले बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र उनीहरुबाटै कृषि क्रान्ति सम्भव हुने टिप्पणी गर्नुभयो ।

मौसमअनुसारको कृषि प्रणालीको विकास गर्ने लक्ष्य सरकारको रहेकाले कृषिबाटै आर्थिक समृद्धि खोजिने उहाँको भनाइ थियो ।

मन्त्री भुसालले कृषि औजार र प्रविधि लिएर कृषि उत्पादन बढाउने र देशको परनिर्भरतालाई अन्त्य गर्न यो अवधारणा आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्