
काठमाडौं, मंसिर १७ । पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टा ८ हजार ३ सयको पीसीआर परीक्षण भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्