
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देवीस्थानको देउताभीर गुफासम्म जाने करिब ५ सय मिटर पदमार्ग निर्माण भएको छ ।
गुफालाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारले छुट्याएको बजेटबाट पदमार्गको स्तरोन्नति गरिएका हो ।
पदमार्ग निर्माणका लागि मालिका गाउँपालिका र प्रदेश सरकारले २० लाख बजेट छुट्याएका थिए ।
गाउँपालिकाबाट विनियोजित पाँच लाख रुपैयाँले दाङखोलादेखि तल्लो थानसम्म पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर घर्तीले जानकारी दिए ।
उनका अनुसार तल्लो थानदेखि गुफासम्म जाने भीर र पाखाको साँघुरो डोरोमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजन भएको १५ लाख बजेटबाट पदमार्ग निर्माण भएको हो ।
मगरदाङबाट वारिपारी पर्ने यो गुफा पुग्न गाउँको फेदीमा रहेको दाङखोला हुँदै करिब २ घण्टाको दुरी पार गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्