एनसेलको नयाँ सेन्टर विमानस्थलमा « Image Khabar


एनसेलको नयाँ सेन्टर विमानस्थलमा


Imagekhabar
१७ मंसिर २०७७, बुधबार १६:०३

काठमाडौं, मंसिर १७ । एनसेलले ग्राहक सेवालाई थप सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन सेक्सनमा एनसेल सेन्टर स्थापना गरेको छ ।

कम्पनीले आज, भोलि, सधैं सँगै’ भन्ने नाराका साथ एकै स्थानबाट विभिन्न सेवा दिने भन्दै एनसेल सेन्टर सञ्चालनमा ल्याएको हो ।

यो सेन्टरबाट ग्राहकले एनसेलका सेवा सुविधाबारे सोधपुछ गर्न, सिमखरिद गर्न, विभिन्न कर्पोरेट सेवा, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शुरु गरिएको सेन्टर हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजेसम्म खुला रहने छ ।

प्रतिक्रिया दिनुहोस्