पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालनमा « Image Khabar


पशुपतिमा आधुनिक शवदाह गृह सञ्चालनमा


Imagekhabar
१७ मंसिर २०७७, बुधबार १४:५०

काठमाडौं, मंसिर १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले बुधबार संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उहाँले प्रस्तावित गुरुयोजनालाई अन्तिम रुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको भन्दै उहाँले कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउने बताउनुभयो ।

बैंकले ७५ लाखको लागतमा आधुनिक शवदाहगृह निर्माण गरी बुधबार कोषलाई हस्तारण गरेको हो ।

वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने छ भने एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्