नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित « Image Khabar


नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित


इमेजखबर
१६ मंसिर २०७७, मंगलवार १६:३५

coronavirus

काठमाडौं, मंसिर १६ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १,३०४ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।

आठ हजार ५८३ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ८०३ पुरुष र ५०१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ५३० जना छन् । जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

थप २,०७३ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभरबाट कोरोनामुक्त हुनेको संख्या दुई हजार ७३ रहेको छ । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १६ हजार ५९४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको मन्त्रालयले छ ।

प्रतिक्रिया दिनुहोस्