२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालटारमा वृक्षरोपण


0
Shares

काठमाडौं, साउन १८ । काठमाडौंको नेपालटारमा शनिबार वृक्षरोपण गरिएको छ ।

तारकेश्वर नगरपालिका–११, नेपालटारस्थित चारघरेपाखामा वृक्षरोपण गरिएको हो ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमेतको उपस्थितिमा विभिन्न बोटका बिरुवा रोपिएको थियो ।

वृक्षरोपणमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा पर्ने त्यस क्षेत्रबाट निर्वाचित सांसद भीमसेनदास प्रधान, नेपाली सेना, नेपाल प्रहरीलगायत करिब २५० जना सहभागी थिए ।

पातन्जल योग समिति नेपाल, नेपालटारको अगुवाइमा वृक्षरोपण गरिएको हो ।