१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु


0
Shares

मुग्लिन, साउन १८ । चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् भरतपुर महानगरपालिका–२९,  सेतीदोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख २२८४ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२प ६५४२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारकाक्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकलचालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन् ।

उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस