
भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले तेल आपूर्तिमा कुनै समस्या नहुने बताएका छन् ।
नेपाल आयल निगम लिमिटेडद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको पेट्रोल पम्पको शुक्रबार उद्घाटन गर्दै मन्त्रीले देशमा सुशासन कायम गर्नका लागि व्यवसायीहरुले छोटो समयमा काम गराउने नाममा कसैलाई पैसा दिन नहुने बताए ।
उनले आयल निगममा भ्रष्टाचार छ भन्ने कुरा आउने गरेकोले आफ्नो वरिपरी भ्रष्टाचारी छन् कि छैनन् भन्नेमा ख्याल गर्न ध्यानाकर्षण गराए ।
नेपाल आयल निगमको देशभरीमा एक मात्र खुद्रा विक्री केन्द्र रहेको भैरहवाको पेट्रोलपम्प सौर्य उर्जाबाट सञ्चालन भएको छ ।
प्रतिघण्टा ९ हजार ६ सय पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सकिने क्षमताको खुद्रा विक्री केन्द्र रहेको निगमको भैरहवा स्थित पेट्रोलपम्पको प्रमुख गोविन्द्र चौधरीको भनाइ छ ।
पुननिर्माण गरी शुक्रवारदेखि सञ्चालनमा ल्याइएको पेट्रोलपम्पको मन्त्री मात्रिका यादवले गाडीमा डिजल हालेर उद्घाटन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्