
डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाको संगममा अवस्थित गाइघाट झरनामा पर्यटकको चहलपहल देखिन थालेको छ ।
गाउँपालिकाले झरनालाई व्यवस्थित गर्न थालिएसँगै पर्यटकको आवागमनमा वृद्धि हुन थालेको हो ।
बागलुङका प्रमुख पर्यटकीय क्षेत्रमध्येको गाइघाट झरनामा पछिल्लो समय आन्तरिक पर्यटकहरु रमाउन थालेका छन् ।
पहिले ओझेलमा परेको झरनालाई ताराखोला गाउँपालिकाले व्यवस्थित गर्न थालेपछि अहिले दैनिक ४० देखि ५० जनासम्मले अवलोकन गरिरहेका छन् ।
स्थानीय सरकार आइसकेपछि प्रचारप्रसार, भौतिक संरचना निर्माण र झरनाको संरक्षण गर्न थालेपछि अवलोकन गर्नेहरु बढ्न थालेको स्थानीयले अम्मर बहादुर नाइसाको भनाइ छ ।
वर्षायाममा भन्दा हिउँदमा चहलपहल बढ्ने गरेको छ । ताराखोला आसपासका गलकोट, बुर्तिबाङ, खर्बाङ गुल्मीको वामी टम्सार, म्याग्दी, पर्वत लगायतका स्थानहरुबाट झरना अवलोकनका लागि आउन थालेका हुन् ।
गाउँपालिकाले अघिल्लो वर्ष झरनाको फेँदमा ११ लाख ५२ हजार रुपैयाँको लागतमा पोखरी निर्माण गरेको थियो ।
करिब ५० मिटर लम्बाई रहेको झरनालाई थप आकर्षित बनाउन गुरुयोजना बनाएरै काम गरिएको हो ।
जसअन्तर्गत झरनाको वरपर सोलर जडान गरिएको छ भने खोला किनारमा पर्खाल लगाइएको छ ।
ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती झरनाको प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको लागि समपुरक योजनमा आबद्ध गरेर अगाडि बढाएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्