
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई बाट पर्यटन क्षेत्रको विकासमा जति आशा गरिएको छ उत्तिकै चुनौती पनि छन् ।
पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि प्रधानमन्त्री आफैंले सम्हाल्दै आएको मन्त्रालयमा छुट्टै विभागिय मन्त्री नियुक्त गरेको बताइएको छ ।
यसैले पनि पर्यटनमन्त्रीको लागी पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउनु प्रमुख चुनौती देखिएको छ ।
यस्तै, संकटग्रस्त नेपाल वायुसेवा निगमलाई उद्धार गर्नु, वाईडबडि काण्डलाई किनारा लगाई सरकारको साख फर्काउनु पनि फलामको च्युरा चपाए सरह हुनेछ ।
वाइडबडीका विषय पनि नजिकबाट अध्ययन गरेका पर्यटन मन्त्रीलाई यो विषय किनारा लगाउनु पक्कै पनि कम चुनौतिको विषय होइन ।
नेपाल वायुसेवा निगमले गत असारमा खरिद गरेको वाईडबडि अनियमितता काण्ड अझैसम्म पनि किनारा लाग्न सकेको छैन ।
अर्को नेपाल वायु सेवा निगम वित्तिय अवस्था पनि नाजुक बन्दै गएको छ ।
निगमको वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारले निगमको ऋण तिर्न नसक्ने बताएका थिए ।
निगमको वित्तीय समस्या समाधान गरी यसको कुशल व्यवस्थापन गर्नु पर्यटन मन्त्रीलाई निक्कै कशरत गर्नुपर्ने देखिन्छ ।
यस्तै, नजिकिदै गरेको पर्यटन भ्रमण वर्षकोे अझै पनि तयारी सुस्त रहेको र यसका लागि बजेट समेत न्यून छुट्याइएको भन्दै सचिवालय पनि उति उत्साहित हुन सकेको छैन । २० लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्नु पर्यटन मन्त्री भट्टराईको अर्काे चुनौतीको रुपमा लिईएको छ ।
प्रतिक्रिया दिनुहोस्