
काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १४७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्