
काठमाडौं । चाडवाड नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सयमा र तेजाबी सुन एक तोलाको ६५ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ७ सय ७० रुपैयाँ कायम भएको संघले जनाएको छ । एक महिनाको तथ्यांक हेर्दा चाँदीको भाउमा पनि लगातार बृद्धि भैरहेको देखिन्छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २२ डलरले बढेर १४३२ डलर कायम भएकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको बताइएको छ ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाएसँगै बजारमा उपभोक्ताको चहलपहल भने घटेको व्यापारीहरु बताउँछन् । चाडवाड नजिकिरहेको बेला मूल्य आकाशिएपछि उपभोक्तामा निराशा छाएको छ ।
प्रतिक्रिया दिनुहोस्