Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चितवनको वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी


0
Shares

चितवन, साउन १७ । चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको छ ।

वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।

आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् ।

कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए ।

आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।