
सोलुखुम्बु, मंसिर १३ । लामो समयदेखि गौचरणमा परिवर्तन भएको सोलखुुम्बुको काँगेलडाँडा विमानस्थलमा उडान सुचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
गएको महिनामात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभएको थियो ।
त्यसलगत्तै नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच मंसिर तेस्रो साताबाट विमानस्थल सञ्चालन गर्ने सहमति भएको थियो ।
थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले मंसिर तेस्रो सातादेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
सोलुखुम्बुको तल्लो क्षेत्र र खोटाङको माथिल्लो क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण गरिएको विमानस्थल वि.सं. २०७२ सालदेखि बन्द छ ।
प्रतिक्रिया दिनुहोस्