
कपिलबस्तु । कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
शिवराज नगरपालिका खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
उनीहरुले गुणस्तरीय सडक बनाउन माग पनि गरेका छन् । निर्माणको जिम्मा पाएको काठमाडौको स्वच्छन्द सिरुवा वल्डवाइड जेभी कम्पनीले अहिले सोही सडक खण्डमा कलर्भट निर्माणको काम गरिरहेको छ ।
सडकको पूर्वाधारको रुपमा रहेको कलर्भट निर्माणमा नै कम्पनीले कमसल सामग्री प्रयोग गरेका छन् ।
कलभर्ट निर्माणमा एक नम्बरी पक्की इटाको प्रयोग गर्नु पर्ने ठाँउमा कमसल इटालगायत सामग्री प्रयोग गर्न थालेपछि स्थानीयले विरोध गरेका हुन् ।
हुलाकी सडक आयोजना गोरुसिङेका प्रमुख रामकुमार देवले सडकमा कमसल सामग्री प्रयोग भएको भए त्यसलाई रोकेर गुणस्तरीय सडक बनाउने बताउनुभयो ।
हुलाकी सडक ७६ करोड ६४ लाख ६३ हजार रुपैयाँमा निर्माण हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्