Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक लाख ७६ हजारलाई रोजगारी


0
Shares

काठमाडौं, साउन १६ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक लाख ७६ हजारजनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस कार्यक्रममार्फत् ५९९ स्थानीय तहले कुल ६,८६४ ओटा विभिन्न सामुदायिक आयोजनामा जम्मा एक लाख ७५ हजार ९०९ जनालाई कुल २२ लाख ६२ हजार २६९ दिनको रोजगारी उपलब्ध भएको जानकारी दिएको हो ।

मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सबै स्थानीय तहमा कुल दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट सःशर्त अनुदानकारुपमा हस्तान्तरण गरेको थियो ।

यसरी बजेट हस्तान्तरण गर्दा एउटा स्थानीय तहमा न्यूनतम् पाँच लाखभन्दा कम नहुने गरी र अधिकतम् एक करोडभन्दा नबढ्ने गरी बजेट बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ ।