Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


रसुवामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु


0
Shares

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवामा दुइटा डेक्स खडा गरेर राष्ट्रिय परिचय–पत्र विवरणको दर्ता संकलन सुरु गरिएको हो ।

दैनिक ८० जनासम्मको विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

बुधबार १० जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको भण्डारीले जानकारी दिए ।

नेपाली नागरिकहरुका वैयक्तिक र जैविक विवरणहरुलाई केन्द्रीकृत रुपमा भण्डारण गरी सबै नागरिकहरुको परिचय खुल्ने र नदोहोरिने बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्डको रुपमा राष्ट्रिय परिचय पत्रको वितरणका लागि दर्ता कार्य सुरु गरिएको हो ।

अहिले दर्ता भएको कार्ड दुई महिनामा तयार हुने राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षका प्रमुख सुमन अधिकारीले जानकारी दिए ।