१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


भूकम्पबाट पूर्णक्षति भएका ७० सरकारी भवनको पुनःनिर्माण सम्पन्न


0
Shares

काठमाडौं, साउन १५ । २०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० ओटाको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

त्यसमा सरकारको स्रोतका ३० ओटा र ४० ओटा एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगका रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो ।

सरकारको स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ ओटा चालू आर्थिक वर्षभित्र र एडीबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ ओटा भवनहरुको पुनःनिर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिने पनि प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको पनि जनाइएको छ ।

साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको र सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेन्डर आह्वान गरिएको पनि प्राधिकरणले जनाएको छ ।