१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


नेप्से ६ अंक बढीले सकारात्मक


0
Shares

काठमाडौं, साउन १५ । सेयरबजारमा जारी पुँजीगत लाभकरसम्बन्धी विवाद टुंगिएसँगै बुधबार सेयरबजार सुधारियो ।

विवाद टुंगिएको खबरसँगै लगानीकर्ता उत्साहित हुँदा उतार–चढावबीच नेप्से ६ अंक बढीले सकारात्मक रहेर १२ सय ६५ पुग्यो ।

कारोबारमा पनि अघिल्लो दिनको तुलनामा उच्च रह्यो ।

यसदिन विकास बैंक समूह झिनो अंकले रातो रहेबाहेक अरु सबै समूह हरियो रहे ।

निर्जीवन बिमा समूह ५३ अंकले उकालो लाग्यो । लघुवित्त समूह पनि ५२ अंकले उक्लियो । जीवनबिमा समूह पनि ४६ अंकले बढ्यो । उत्पादनमूलक समूह पनि दोहोरो अंकले सुधारियो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।