११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


पर्यटनको विकास बिना आर्थिक समृद्धि सम्भव छैनः मन्त्री ज्ञवाली


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आर्थिक समृद्धिको लागि दिगो पर्यटन विकासमा जोड दिएका छन् ।

२३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालको साधरणसभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन क्षेत्रलाई ग्रामिणमुखी बनाउनु पर्नेमा जोड दिए ।

पछिल्लो समय नेपाल आउने पर्यटकको संख्या बढेको भन्दै उनले सरकार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन योजनाका साथ अगाडि बढेको जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक परिर्वतन भए पनि आर्थिक परिर्वतनका लागि योजना नबनेको भन्दै आर्थिक परिर्वतन नै अब सरकारको लक्ष्य रहेको स्पष्ट पारे । 

पर्यटन व्यवसायीहरुले भने पर्यटन क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको गुनासो गरेका थिए ।

कार्यक्रममा ग्रामिण पर्यटन प्रर्बद्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै इमेज च्यानलका वरिष्ठ संवाददाता सन्दिप पौडेललगायत विभिन्न संघ,संस्थाका प्रतिनिधिलाई सम्मानित गरिएको थियो ।