२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ऐतिहासिक खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण


0
Shares

म्याग्दी । करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदा भएको म्याग्दीको ऐतिहासिक खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिंढीसहितको २ सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३ सय ५३ वटा सिंढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल खड्गभवानी कोत पुग्न सहज भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त १४ लाख ९९ हजार ४ सय ८६ रुपैयाँ र उपभोक्ताको तीन लाख २१ हजार रुपैयाँ बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको स्थानीय भीम पौडेलले बताए ।

खड्गभवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ, गुर्जा, चुरेनलगायतका १५ वटाभन्दा बढी हिमाल देख्न सकिन्छ ।

खड्गभवानी कोत स्थललाई राजधानी बनाएर १२४६ देखि १५४५ सालसम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए ।

यस कोतमा ५ सय ७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री छन् ।