१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


सगुनले एक दिन संसारलाई प्रभाव पार्छ, नेपालीले गौरव गर्नुपर्छः उपेन्द्र महतो(भिडियो)


0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले सोसियल इ-कमर्स साइट सगुनले एक दिन संसारलाई प्रभाव पार्ने बताएका छन् ।

यसको आइडिया इनोभेटिभ रहेको उनले बताए । ‘डिफरेन्ट कन्टेन्टहरुलाई एउटै प्लेटफर्ममा जोड्ने कुरा सगुनले गरेको छ ।

घरमै बसेर डिपार्टमेन्टल स्टोर खोल्ने सिस्टम, इपेमेन्ट सिस्टमहरुको विकास सगुनले गर्दैछ, उनले भने, ‘भोलि यस्तो कसै न कसैले जोड्छ । कसले पहिला सुरु गर्‍यो ? कसले छिटो गर्‍यो ? भन्ने कुराले संसारलाई प्रभाव पार्छ ।

सगुन को विकास गरेर गोविन्द गिरीले त्यसको सुरुआत गर्नु भयो भन्ने सुन्दा आफू त्यतिखेरै धेरै खुशी भएको उनले सुनाए । ‘सगुनका संस्थापक गिरी दिनरात नभनेर सगुनको विकासमा लागिरहनु भएको छ,’ उनले भने, ‘इनोभेटिभ आइडिया भएकाले उहाँ सफल हुनुहुन्छ भन्ने विश्वास मलाई छ ।’

सगुनले अमेरिकी सेक्युरिटी एक्स्चेन्ज कमिसनको स्वीकृति लिएर ग्लोबल मार्केटमा मिनी आइपिओ निस्कासन गरिरहेको छ ।

सगुनको सेयरमा यही जुलाई २६ तारिकसम्म आवेदन गर्न सकिन्छ । सगुनमा सर्वसाधारणलाई लगानी गर्ने यो अन्तिम अबसर हो ।

अमेरिकन सेक्युरिटी एक्सचेन्ज कमिशनले एक बर्ष भित्रमा बिश्वभरबाट २० मिलियन डलर सेयर मार्फत लगानी भित्राउन स्वीकृति दिएको थियो ।

यो समय सिमा जुलाई २६ तारिखमा सकिदैछ । लगानीको लागि अन्तिम समय भएसगै बिश्वभरबाट लगानीकर्ताहरु लगानीको गर्न लागिपरेका छन् ।

लगानीको लागि प्रति सेयर २३ डलरको दरले कम्तिमा एक हजार डलर लगानी गर्नुपर्नेछ भने बढीमा बार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न पाइनेछ

गैरआवासीय नेपालीले विश्वभर प्रगति गरिरहेको बताउँदै एनआरएनए पूर्वअध्यक्ष महत्तोले गैरआवासिय नेपालीलाई एकिकृत गर्ने अभियान नेपालकै समृद्धिका लागि भएको बताए ।

त्यसको फल देखिने समय आइसकेको छ । गैरआवासिय नेपालीले आआफ्नो क्षेत्रबाट राम्रा काम गर्दै आएका छन् । सगुनको सुरुआत यसै सन्दर्भमा भएको हो, उनले भने ।

सगुनमा लगानी गर्न सगुन डटकम/इन्भेस्टमा गएर फर्म भर्नु पर्छ । विश्वभरबाट सगुनमा लगानी गर्न सकिन्छ । त्यसका लागि लगानीकर्ताको बैंक खाता हुनु पर्छ ।

बैंकबाट वायर ट्रान्सफर गरेर वा डेविट/क्रेडिट कार्डमार्फत पनि सेयर खरिद गरेको रकम तिर्न सकिन्छ । सगुन अमेरिकीमा दर्ता भएको कम्पनी हो ।

नेपाल भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्न कानुन नबनिसकेकोले नेपाल भित्रबाट भने लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानी गर्न सक्नेछन् ।