७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


वातावरण संरक्षण विधेयक परिमार्जनसहित पारित


0
Shares

काठमाडौं, साउन १४ । प्रतिनिधिसभाअन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ ।

मंगलबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो ।

विधेयकले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सन्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरेको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका लागि सबै पक्षको सहयोग र समन्वयकारी भूमिका आवश्यक रहेको बताए ।

विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए ।

बैठकमा वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन–२०७६ माथि छलफल भएको थियो ।