
भैरहवा । भैरहवाका सहकारी संस्थाहरुले जडिबुटी खेतीमा सरकारले बिमा सुविधा दिनुपर्ने माग गरेका छन् ।
जडिबुटीलाई कृषिअन्तर्गत पनि नराखेको र बिमा सुविधा पनि नदिएकोप्रति उनीहरुको गुनासो छ ।
त्रर्यम्बकम् जडिबुटी सहकारी संस्था लिमिटेडले गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष डा.वद्री प्रसाद गौतमले जडिबुटी खेतीलाई कृषि सरह मान्यता दिनुपर्ने माग गरे ।
सरकारले जडिबुटी खेतीका लागि केही बजेट छुट्याए पनि प्राथमिकतामा भने राखेको छैन ।
प्रतिक्रिया दिनुहोस्