२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

देशभर १८ हजार ८८४ कोरोना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ ।

सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १३३७ रहेको छ ।