ट्राफिक जाम र दुर्घटनालाई न्यूनीकरण गर्ने मेरो मुख्य प्राथमिकता : प्रमुख भट्टराई « Image Khabar


ट्राफिक जाम र दुर्घटनालाई न्यूनीकरण गर्ने मेरो मुख्य प्राथमिकता : प्रमुख भट्टराई


Imagekhabar
८ मंसिर २०७७, सोमबार १५:४५

काठमाडौं, मंसिर ८ । महानगरीक ट्राफिक प्रहरी महाशाखाका नवनियुक्त प्रमुख जनक भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा ट्राफिक प्रहरी महाशाखा प्रमुखको पदभार ग्रहण गर्दै उहाँले ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै जाम र दुर्घटना न्यूनीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख वरिष्ठ उपरीक्षक भीम ढकालले आफ्नो १५ महिने कार्यकालमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न सफल भएको दाबी गर्नुभयो ।

कार्यक्रममा कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको थियो ।

महाशाखाले विभिन्न समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्