३० असार २०८२, सोमबार | Tue Jul 15 2025


पाकिस्तानमा सेनाको विमान दुर्घटना, १७ जनाको मृत्यु


0
Shares

काठमाडौं । पाकिस्तानको रावलपिण्डीनजिकै सेनाको एउटा सानो विमान दुर्घटना हुंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

आवासीय क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १२ सर्वसाधारण रहेको बताइएको छ । १२ जना घाइते भएका छन् ।

तालिमका लागि उडाइएको उक्त विमान दुर्घटनापछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रावडपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । (एजेन्सी)