
काठमाडौं, साउन १३ । सातादेखि स्थीर रहेको सुनको भाउ सोमबार पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ६५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो सात दिनदेखि सुनको मूल्य तोलाको ६५ हजारमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य भने यसदिन पनि तोलाको ७७५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १४ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्