११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नेपालले केही वर्षमै रेलमार्ग र जलमार्गबाट वस्तु निर्यात गर्नसक्छ : उपराष्ट्रपति


0
Shares

काठमाडौं, साउन १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालले केही वर्षभित्रै रेलमार्ग र जलमार्गबाट वस्तु निर्यात गर्नसक्ने बताएका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले सोमबार काठमाडौंमा गरेको २५औं कार्गो दिवस कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालले वस्तु निर्यात गर्नका लागि पूर्वाधार विकासमा ध्यान दिइरहेको र केही वर्षभित्रै नेपालमा रेलमार्ग र जलमार्गबाट निर्यातमा सहयोग पुग्ने बताएका हुन् ।

नेपालमा कृषि, पर्यटन, जलविद्युत् निर्यातको सम्भावाना भएको भन्दै उनले वस्तु निर्यातलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

नेपालमा कुनैपनि वस्तुको गुणस्तर मापन गर्ने प्रविधिको अभाव भएका कारण गुणस्तरीय वस्तु उत्पादन हुन नसकेकाले गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपालमा ढुवानी लागत पनि बढी भएकाले ढुवानी लागत घटाउन पनि उनले आग्रह गरे ।

वाणिज्यसचिव केदारबहादुर अधिकारीले कार्गाे क्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकारले ‘इलेक्ट्रिक कार्गाे ट्रयाकिङ सिस्टम’ ल्याउने तयारी गरिरहेको बताए ।