विश्व टेलिभिजन दिवस मनाइँदै • Image Khabar Image Khabar


विश्व टेलिभिजन दिवस मनाइँदै


Imagekhabar
६ मंसिर २०७७, शनिबार १२:१२

विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडौं । आज(शनिबार) विश्व टेलिभिजन दिवस । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन लागिएको हो ।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमका रुपमा लिइन्छ ।

आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ ।

सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो ।

नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३५ वर्ष भएको छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्