Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


नवौं विश्व बाघ दिवस मनाइँदै


0
Shares

काठमाडौं । नवौं विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्ष ‘पर्यापर्यटन प्रवद्र्धनका लागि बाघ संरक्षण’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदै छ ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि विश्व बाघ दिवस मनाउन लागिएको हो ।

सम्मेलनले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ । सन् २०१८ को गणनाअनुसार नेपालमा हाल २ सय ३५ वटा बाघ छन् ।

बाघको संख्या दोब्बर बढाउने लक्ष्यमा प्रतिबद्धता जनाउँदाको समयमा जम्मा १ सय २१ वटा बाघ थिए ।

२०१८ को राष्ट्रिय तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँकेमा २१, पर्सामा १८, शुक्लाफाँटामा १६ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाघ छन् । सन् २०१३ मा चितवनमा १ सय २० बाघ थिए ।