काठमाडौं, साउन १२ । प्राविधिक शिक्षामा जोड दिदै आएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सिने जगतका नायक प्रदीप खड्कालाई सद्भावना दुतको रुपमा चयन गरेको छ ।
इन्स्टिच्यूटले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खड्कालाई सद्भावना दुतको रुपमा चयन गरेको हो ।
संस्थाले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग मिलेर प्राविधिक शिक्षामा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले यस वर्षदेखि ७ वटै प्रदेशबाट १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्