
काठमाडौं, साउन १२ । एनएमबी क्यापिटल लिमिटेडले तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ सार्वजनिक गरेको छ ।
बजारमा रहेका ५० उत्कृष्ट सेयरहरुमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने लक्ष्यसहित यो म्युचुल फन्ड ल्याएको जनाइएको छ । यो योजनाले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने दाबी गरिएको छ ।
यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित १२ करोड इकाइ साउन १३ गतेबाट बिक्री खुला हुने क्यापिटलले जनाएको छ । एनएमबी म्युचुअल फण्ड अन्तर्गत यसअघि संचालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ का इकाई धनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट करसहित १५ प्रतिशतका दरले र एनएमबी हाइब्रिड फण्ड एल–१ का इकाई धनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्