
काठमाडौं, साउन १२ । कुमारी बैंकले उपयुक्त पार्टनर पाएमा मर्जरमा जान तयार रहेको जनाएको छ ।
राष्ट्र बैंकको सैद्धान्तिक नीति अनुसार नै मर्जर हुन आवाश्यक रहेको र यसका लागि बैंकले पनि तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । बैंकले आफ्नो लागि उपयुक्त पार्टनर पाएमा ६ महिनाभित्र मर्जरमा जान सक्ने भण्डारीको भनाइ छ ।
यस्तै कुमारी बैंकले नयाँ बचत खाता पनि सुरु गरेको छ । बैंकले ‘बचत एकको, सुरक्षा सबैको’ भन्ने नाराका साथ कुमारी परिवार सुरक्षा बचत खाताको सुरुवात गरेको हो ।
यस बचत खाता योजना अन्तर्गत कुनै पनि ग्राहकले आफ्नो खाता खोल्दा सुरुमा १० हजार बचत गर्नुपर्ने हुन्छ । यसमा ग्राहकले वार्षिक रुपमा ६.५ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने छन् भने २६ लाखको सम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस अन्तर्गत २० लाख सम्मको दुर्घटना बिमा, १ लाख सम्मको औषधोपचार र घातक रोगहरुका लागि ५ लाख सम्मको बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्