
काठमाडौं, साउन १२ । पश्चिमाञ्चल विकास मञ्चको आइतबार राजधानीमा सम्पन्न १४ औं वार्षिक साधारणसभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।
साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले मञ्च गठन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत, मदनकुमार महत र शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कँडेल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्