
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण विवादमा तानिएका छन् ।
उनले अफ्रिकी मूलका डेमोक्र्याटिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले दुई हप्ताअघि पनि कंग्रेसमा रहेका चार जना डेमोक्र्याटिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका थिए ।
पछिल्लो समय भने ट्रम्पले कंग्रेसमा डेमोक्याट्रिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने एलाइजा कमिङ्गसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए ।
ट्रम्पले कमिङ्गस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेन्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भनेका छन् ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो ट्वीट रंगभेदी रहेको बताएकी छिन् ।
कमिङ्गसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी ‘बुली’ अर्थात डर–धम्क्याइ रहेको बताएका छन् ।
ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गरेकोमा उनले आफूलाई बुली गरेको कमिङ्गसले उल्लेख गरेका छन् ।
उनी संसद्को ओभरसाइट कमिटीका अध्यक्षसमेत हुन ।
उनको नेतृत्वमा रहेको समितिले ट्रम्प प्रशासनका विभिन्न नीतिहरुमाथि अनुसन्धान गरेको छ ।
यो समितिले सीमा क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको व्यवस्थापन बारे पनि अनुसन्धान गरेको थियो ।
डेमोक्य्राटिक पार्टीकी नेतृ तथा सभामुखको हैसियतमा पेलोसीले कमिङ्गसको समर्थन गर्दै ट्रम्पको टिप्पणीको आलोचना गरेका छन् ।
अमेरिकी जनगणना अनुसार मेरील्याण्डमा ५० प्रतिशत भन्दा बढी अफ्रिकी मुलका नागरिकको बसोबास छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्