१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


झूठा अभियोग र लाञ्छनाहरु सहन्छु भन्ने नसोचे हुन्छ, उचित जवाफ दिन्छु : अध्यक्ष ओली


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गर्नुभएको प्रस्तावलाई ‘प्रस्ताव’ नभइ लाञ्छना भएको बताउनुभएको छ ।

गत कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गर्नुभएको थियो ।

उक्त प्रस्तावलाई अध्यक्ष ओलीले लाञ्छना र अभियोग पत्रको संज्ञा दिनुभएको हो । उक्त प्रस्तावबारे प्रसंग निकाल्दै अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठकमा पुराना सहमति कायम रहेको अवस्था नरहेकोले नयाँ निकास खोज्नु पर्ने बताउनुभएको हो ।

एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो’, ओलीले भन्नुभएको छ ।

अध्यक्ष दाहालको प्रस्तावबारे भनेका छन्, ‘ तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्वत प्रस्ताव भन्न मिल्दैन । तर, त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ?’ त्यस्तै ओलीले झूठा अभियोग र लाञ्छनाहरु सहन्छु भन्ने नसांचे हुन्छ, उचित जवाफ दिन्छु भनेर चेतावनी पनि दिनुभएको छ ।