२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी


0
Shares

म्याग्दी, जेठ २५ । म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले आफ्नो खेत, बारी र पाखोमा खेर गएका ढुङ्गाबाट स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

महत कन्ट्रक्सनको नाममा उद्योग दर्ता गरी स्लेट उद्योग संचालन गरेका खत्रीले आफ्नो खेत, बारी र पाखोमा रहेका ढु्ङ्गा मेसिनले काटेर आकर्षक स्लेट बनाइ बिक्री गर्छन् ।

उद्योगबाट दैनिक १० जनाले रोजगारी पाएका छन् । २०६८ सालदेखि शुरु भएको उद्योगमा उत्पादित स्लेटहरु जिल्लाका विभिन्न क्षेत्रका साथै पोखरा र चितवनसम्म पुग्ने गरेको छ ।

५ लाख रुपैयाँको लागतमा शुरु गरिएको उद्योगबाट खत्रीले ६ वर्षको अवधिमा ढेड करोड रुपैयाँ आम्दानी गरिसकेका छन् ।