
काठमाडौं, साउन ३ । सरकारले ‘माफियामुखी चिकित्सा शिक्षा विधेयक’ ल्याउन लागेको भन्दै जुम्लामा अनशनरत् डा. गोविन्द केसीलाई सैनिक हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा बसेका डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार साँझ काठमाडौं ल्याइएको हो ।
डा. केसीलाई लिएर आएको हेलिकोप्टर टुँडिखेलस्थित सैनिकमन्चमा अवतरण गरेको थियो ।
त्यसलगत्तै डा. केसीलाई उपचारका लागि वीर अस्पताल लैजान खोजिएकोमा नारा–जुलुस भएपछि डा. केसीलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्