
काठमाडौं, साउन ११ । हङकङमा प्रहरीको घेरा तोड्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
गत हप्ता प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि ‘मास्क’ लगाएका सशस्त्र व्यक्तिले गरेको आक्रमणको विरोधमा शनिबार उनीहरु उत्तरी सहर युएन लङमा प्रदर्शनमा उत्रिएका थिए ।
सो आक्रमणमा ४५ जना घाइते भएका थिए । आक्रमणकारीप्रति प्रहरी मुखदर्शक बनेको प्रदर्शनकारीहरुको आरोप छ ।
तर, प्रहरीले उक्त समूहसम्बद्ध ९ जना पक्राउ गरेको जनाएको छ ।
हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट हप्तौंदेखिको प्रदर्शन अझै साम्य भएको छैन ।
विधेयकले बलात्कार र हत्याजस्ता अपराधका संदिग्धलाई मुख्यभूमि चीन सुपुर्दगी गर्नसकिने प्रस्ताव गरेको थियो । तर, चर्को विरोधपछि उक्त विधेयक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
चीनको स्वायत्त क्षेत्र हङकङ सन् १९९७ यता एक मुलुक दुई प्रणालीअन्तर्गत् रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्