८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


भदौ पहिलो साता काठमाडौंमा ‘आइकाओ’ सम्मेलन हुँदै


0
Shares

काठमाडौं, साउन १० । भदौ पहिलो साता काठमाडौंमा ‘आइकाओ’ सम्मेलन हुँदैछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको हो ।

आउँदो भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउने भएका छन् ।

आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् ।

आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् ।